८ कार्तिक २०८३, आइतबार

रिगलको आममाफी बदर गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठमा के छ ? (पूर्णपाठसहित)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका हत्यारा गुण्डा नाइके योगराज ढकाल रिगलको आममाफी बदर गरेको छ ।

सर्वोच्च अदालतले आममाफी बदर गरेसँगै रिगल पुन: पक्राउ परेका छन् । उनलाई प्रहरीले नेपालगञ्जबाटै पक्राउ गरेको हो ।

सर्वोच्चले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ फैसलाको पूर्णपाठमा उल्लेख छ । रिगलले नेपालगञ्जकै चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय पाएका थिए ।

गत संविधान दिवसका सरकारको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आममाफी दिएपछि चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

फैसलाको पूर्णपाठ-