८ कार्तिक २०८३, आइतबार

सरकारका कारण संसदको गतिविधि प्रभावकारी हुन सकेन: बिष्णु पौडेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण संसदको गतिविधि प्रभावकारी हुन नसेकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पौडेलले सरकारका कारण संसद्को चालु अधिवेशन प्रभावकारी नभएको र सदन प्रभावकारी हुन्छ भन्ने डर सरकारमा हाबी भएको आरोप लगाएका हुन् ।

उनले संसदमा सांसदहरूले उठाएको आवाजको जवाफ सरकारले दिन नचाहेको जिकिर गरे । पौडेलले सम्वाद सहमति र सहकार्य राम्रो कुरा भएपनि प्रतिपक्षीका जायज आवाजहरूलाई दमन गरेर सरकारले सम्वाद सहमति र सहकार्यको खिल्ली उडाएको धारणा राखे ।

जनयुद्धलाई राष्ट्रिय दिवस मानेर चलेको सत्ता गठबन्धन अहिलेसम्मको सुन्दर गठबन्धन भन्दै उनले कटाक्ष गरे । पौडेलले सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने सदनमा प्रस्तुत गरेर पारित गर्न चुनौती दिए ।

उनले फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै त्यस दिनलाई उत्सवको रुपमा मनाउन नसकिने स्पष्ट पारे । उनले अर्थतन्त्र चौतर्फी संकटमा रहेपनि संकट समाधानका लागि सम्पूर्णरूपले असफल रहेको तर्क गरे ।

उनले अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्न सरोकारवालाहरूलाई सहभागी गराएर महासम्मेलन गर्नुपर्नेमा उनले जोड दिए ।