
काठमाडौं, १६ कात्तिक । राष्ट्रिय सभा बैठक आज बिहीबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ः०१ बजेबाट सुरु हुनेछ ।
संघीय संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइने कार्यसूची रहेको छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘विद्युतीय व्यापार विधेयक २०८०’सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।












प्रतिक्रिया