
डोटी, १६ कात्तिक । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ घोरडी स्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना भएको हो ।
दुर्घटनामा १८ वर्षीय सालिन राना मास्केमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि धनगढी पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २४/२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका-१ घोरडी देखि खटेना जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया