
काठमाडौं, १६ कात्तिक । बाँकेको नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्व परेको रिटमा सर्वोच्च अदालतको निर्णय आज बिहीबार आउने भएको छ ।
हिजो बुधबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ सकिएको थियो । निर्णय भने आज सुनाइन लागिएको हो ।
नेपालगञ्जकै चेतन मानन्धरको हत्या आरोपमा आजिवन जेल जीवन काटिरहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसका अवसरमा आममाफी दिएका थिए ।
उनको आममाफीविरूद्व चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट हालेकी थिइन् ।











प्रतिक्रिया