३ कार्तिक २०८३, मंगलबार

राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी असईको मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काटमाडौं, १५ कात्तिक । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एकजना प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।

असई टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको जानकारी दिएको छ । ढुंगाना घान्द्रुक चौकीका इन्चार्जसमेत थिए । उनी गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्नपूर्ण आधार शिविरमा खटिएका थिए ।

अन्नपूर्ण आधार शिविरबाट मंगलबार फर्किएका ढुंगानालाई बुधबार बिहान श्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएकोमा अस्पतालले मृत घोषित गरेको थियो ।