
काठमाडौं, १५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएर जेलबाट छुटेका व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन् ।
भरतपुर महानगरपालिका–९ का ५५ वर्षीय रामचन्द्र थापालाई चितवन प्रहरीले मंगलबार भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट पक्राउ गरेको हो ।
थापामाथि भरतपुर–१ का सोमराज सुवेदी र उनका छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ ।
भरतपुरमा मेडिकल सञ्चालन गर्दै आएका सुवेदीलाई थापाले फोन गरी २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थापा गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर छुटेका थिए ।











प्रतिक्रिया