
काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।
बडादसैँ, तिहार, नेपाल संवत् ११४४ तथा छठ लगायत पर्वहरूको अवसरमा चियापान कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ ।

चियापान कार्यक्रम एमाले मुख्यालय च्यासल ललितपुरमा दिउँसो १२ः१५ देखि सुरु हुनेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आयोजना हुने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम यसअघि कात्तिक १४ गतेका लागि तय गरिएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै चियापान कार्यक्रम एक दिन पछि सारिएको थियो ।











प्रतिक्रिया