३ कार्तिक २०८३, मंगलबार

एनआरएन कार्यालयमा भएको घटना के हो ?

34.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेकपा (एमाले) का पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले गैर आवासीय नेपाली संघको पराजित समूहका व्यक्तिमाथि युवा संघका कार्यकर्ताले कुटपिट गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।

बालुवाटारस्थित एनआरएनएको कार्यालयमा पराजित समूहका ओम शर्मालाई लगायतलाई युवा संघले कुटपिट गरेको भन्ने समाचार प्रकाशित भएपछि बस्नेतले त्यसको खण्डन गरेका हुन् । ओम शर्माले आफूमाथि कुटपिट भएको भन्दै पोलिट्ब्यूरो सदस्य बस्नेतसहित एनआरएनए अध्यक्ष बद्री केसीविरूद्व प्रहरीमा उजुरीसमेत दिएका छन् ।

बस्नेतले भने एनआरएनएको कार्यालयमा नवनिर्वाचित टीमलाई युवासंघले अनौपचारिक रूपमा बधाई दिइरहेका बेला पराजित समूहका ओम शर्मासहित पाँच जना आएर हाम्रो कार्यालयमा फोटो किन खिचेको भन्दै झगडा गर्न खोजेपछि सामान्य भनाभन र युवाहरुसँग धकेलाधकेल भएको बताए । ‘हामी एनआरएनएको हलमा अनौपचारिक रूपमा नवनिर्वाचित टीमलाई बधाई दिँदै थियौँ । त्यसक्रममा ओम शर्मा लगायत पाँचजना मानिसहरू आएर हाम्रो कार्यालयमा किन फोटो खिचेको भन्दै लफडा सुरू गरेपछि नवनिर्वाचित टीमलाई बधाई दिँदा तपाईँहरूको स्वीकृति लिनुपर्ने हो ? भनेर युवासंघका साथीहरूले प्रतिवाद गर्दा सामान्य धकेलाधकेल भएको हो । कसैमाथि कुटपिट भएको छैन’, नेता बस्नेतले दैनिक नेपालसँग भने ।

भनाभनको विषयलाई प्रोपोगाण्डा बनाएर आफू र एनआरएनए अध्यक्ष बद्री केसीविरूद्व भ्रम छर्न खोजिएको उनले बताए । एनआरएनए अध्यक्ष केसी र मैले पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै सामान्य भनाभनलाई अनावश्यक प्रोपोगाण्डा बनाइएको बस्नेतको भनाई छ।

यता, घटनाका बारे बेलायतबाट पत्रकारिता गर्दै आएका चिरन शर्मा भन्छन्- ‘पत्रकारमा आ-आफ्ना सिमा हुन्छन् । कलम चलाउन छोडेर पुरै राज्यसत्ता र संस्था चलाउन हिडे पछि सधैं दुर्घटनामा पर्ने सम्भवना हुन्छ । त्यसैले आफ्ना सिमा र पेशाको मर्यादामा बसौं । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा आज भएको घट्नाप्रति दु:ख व्यक्त गर्दछु । र, निन्दा गर्छु ।’

एनआरएन कार्यालयमा केही दिनदेखि तनाव कायम छ । चुनावबाट जितेका केसीले अनेक मुद्दा मालिला र अबरोध झेल्दै आएका छन् । चुनावमा पराजजित भएका आरके शर्मा समूहले हार स्वीकार्नुको सट्टा आफूले आफैलाई अध्यक्ष घोषणा गरी एनआरएन कव्जा गर्न खोजेको केसी समूह बताउँछन् ।

चुनावमा भएको सामान्य कमजोरीलाई उचालेर सत्ताको ढोका चाहार्नु अलोकतान्त्रिक कार्य र आममतदातामाथिको अपमान भएको निर्वाचित उपाध्यक्ष डा. विनोद श्रेष्ठ बताउँछन् । ‘चुनावमा हारेपछि हार स्वीकार गर्नुपर्छ, कि कानुनी प्रक्रियामा जानुपर्छ । तर, आफूलाई अध्यक्ष र पदाधिकारी घोषणा गर्नु हाँस्यास्पद छ,’ डा. श्रेष्ठले भने।