८ कार्तिक २०८३, आइतबार

राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा, प्रधानमन्त्रीले गरे स्वागत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी पुगेका छन् ।

उनी अन्नपूर्ण बेसक्याम्पबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी पुगेका हुन्। गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतले स्वागत गरेका छन् ।

महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड बिहानै काठमाडौंबाट लुम्बिनी पुगेका थिए ।

गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याला लामा लगायतले स्वागत गरेका हुन् ।