२७ कार्तिक २०८३, शुक्रबार

स्रोत नखुलेको १० लाख ९८ हजार रुपैयाँसहित एक जना पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १४ कात्तिक। सप्तरी प्रहरीले स्रोत नखुलेको १० लाख ९८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ बस्ने ३९ वर्षीय जयप्रकाश यादव रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति मधेश प्रदेश २–०१–००१ प ०७०८ नम्बरको मोटरसाइकलमा सवार यादवलाई छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ स्थित विष्णुपुर–सखडा नहर सडक खण्डबाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा यादवले मोटरसाइकलको सिट कभर भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको १० लाख ९८ हजार बरामद भएको डीएसपी न्यौपानेले बताए । यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।