३० आश्विन २०८३, शुक्रबार

मेसीले आठौं पटक जिते बालोन डे’ओर अवार्ड

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेसीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।

गएको वर्ष कतारमा भएको विश्व कपमा आफ्नो देशलाई उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहमा अवार्ड जितेका हुन् ।

मेसीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भएका हुन् ।

विश्व कपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए ।

बालोन डी’ओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका एक सय पत्रकारहरूले मतदान गरेका थिए ।

मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डी’ओर अवार्ड जितेका छन् । उनीपछि क्रिस्टियानो रोनाल्डोले पाँच पटक बालोन डी’ओर जितेका छन् ।