८ कार्तिक २०८३, आइतबार

सञ्जिला कुमारी यादवलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले सञ्जिला कुमारी यादवलाई मधेस प्रदेश सभाको समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो ।

बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।

बैठकमा संसदमा रहेको बिभिन्न बिधेयकहरुमाथि पनि छलफल भएको उनले जानकारी दिए ।