
काठमाडौं, १३ कात्तिक । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको छ ।
कुशलले २६ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरे ।
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो सातौँ अर्धशतक हो ।















प्रतिक्रिया