
काठमाडौं, १३ कात्तिक । इजरायल-हमासबीचको जारी युद्धमा इजरायली सेनाले गाजामा आक्रमण तीब्र रुपमा अगाडि बढाएको छ ।
इजरायल डिफेन्स फोर्सका सिपाहीहरूले आइतबारको आक्रमणपछि गाजामा आफ्नो झण्डा पनि फहराएका छन् । सोही समयमा गाजाका मानिसहरूले भने आफ्ना मारिएका र हराएका आफन्तहरूको शव खोजिरहेका छन् ।
यहाँका अस्पतालका डाक्टरहरुले पनि अन्धकारमा उपचार गर्न बाध्य भएका छन् । युद्ध सुरु भएपछि अक्टोबर १० मा इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गरेको थियो । त्यसयता गाजाका जनता अन्धकारमा बाँचिरहेका छन् । अस्पतालमा पनि बिजुली छैन् । उपचारमा कठिनाइ भएको छ ।
गाजामा एकदिने बच्चाको हत्या
गाजामा एकदिने बच्चाको समेत हत्या भएको छ । उदय अबी मोहसेन इजरायली बमबारीको सिकार भए । उनको जन्म अक्टोबर २८ मा भएको थियो । उनको अक्टोबर २९ हत्या भएको हो ।
प्यालेस्टिनी फोटो पत्रकार बेलाल खालेदले कफनमा बेरिएको बच्चाको शवको तस्वीर सार्वजनिक गरेका हुन् । पत्रकार खालेदले भनेका छन्: उदय अबी मोहसेन, उ एक दिन पुरानो हो । उनको जन्मदर्ता पनि बनेको छैन् तर मृत्युको प्रमाणपत्र बनेको छ ।
















प्रतिक्रिया