८ कार्तिक २०८३, आइतबार

विपिन जोशी सकुशल घर फिर्ता होउन्: महासचिव गुटेरेस

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हमासको नियन्त्रणमा रहेका आशंका गरिएका विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्दै सबै बन्धकहरू बिनासर्त रिहाई हुनुपर्ने बताएका छन् ।

‘हमासको आक्रमणमा परि निधन भएका १० विद्यार्थीहरूको परिवारप्रति हार्दिक समवेदना छ,साथै हराइरहेका विपिन जोशी सकुशल घर फिर्ता होउन् भन्ने कामना छ,’ पत्रकार सम्मेलनमा गुटेरसले भने ।

नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रसङ्घको सदैव साथ र सहयोग रहने उनले बताए । गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पिडितका मुद्धाहरूको सम्बोधन हुने गरी शान्तिप्रक्रियालाई टुङ्गोमा पुराउनुपर्नेमा जोड दिए ।

गुटेरेसले दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपालले खेलेको भूमिका प्रसंसायोग्य रहको धारणा व्यक्त गरे ।