
काठमाडौं, १२ कात्तिक । प्रतिनिधि सभाको बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ ।
आइतबार बसेको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतकोतर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गरेका हुन् ।
यसअघि दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक कार्तिक १६ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ ।















प्रतिक्रिया