
काठमाडौं, १२ कात्तिक । चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नेबारे जानकारी प्रतिनिधिसभा बैठकमा गराइएको छ ।
आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले महासचिवले सम्बोधन गर्नेबारेको सूचना पढेर सुनाएका हुन् ।
महासचिव गुटेरेसलले कार्तिक १४ गते मंगलबार दिउँसो ४ बजे संसदको दुवै सदनलाई संबोधन गर्ने तय भएको छ ।
शनिबार राति काठमाडौं आइपुगेका गुटेरेस कात्तिक १५ गते फर्कनेछन् ।















प्रतिक्रिया