८ कार्तिक २०८३, आइतबार

संसद भवन अगाडिबाट २७ जना पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । प्रहरीले संसद भवन अगाडिबाट २७ जनालाई पक्राउ गरेको छ ।

संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाउन मागसहित मानव अधिकार तथा शान्ति समाजले गरेको प्रदर्शनका क्रममा प्रहरीले २७ जनालाई पक्राउ गरेको हो ।

उनीहरूले फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर’ लगायतको नाराअंकित प्लेकार्ड बोकेका थिए ।

पक्राउ पर्नेमा कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल लगायत रहेका छन् ।

उनीहरूलाई बानेश्वर प्रहरी वृत्त तिनकुनेमा राखिएको छ ।