८ कार्तिक २०८३, आइतबार

बडादसैंको अन्तिम दिन राष्ट्रपतिले नवदुर्गा मन्दिरमा पुगेर गरे पूजाअर्चना (भिडिओसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेका छन् ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले नवदुर्गा भवानीको प्रसाद ग्रहण गरेका हुन् । सो क्रममा राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गरेका थिए ।

नवदुर्गाका देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपतिले दक्षिणासमेत प्रदान गरेका थिए ।