
काठमाडौं, ११ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि प्रश्न उठाउने कोशिस भइरहेको बताएका छन् ।
नेपाली काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुँदै अध्यक्ष ओलीले आफूहरूमाथि प्रश्न उठाउने कोशिस भएको भन्दै उचित जवाफ दिने बताएका हुन् ।
‘हामीहरूमाथि प्रश्न उठाउने कोशिस गरिएको छ । तिनको जवाफ उचित ढंगले यथासमयमा दिइनेछ,’ अध्यक्ष ओलीले भने ।
उनले अहिले चाडबाडको समय रहेको भन्दै वादप्रतिवाद गर्नु राम्रो नहुने प्रतिक्रिया दिए ।
सो अवसरमा अध्यक्ष ओलीले सबैलाई दसैतिहार लगायतका चाडपर्वको अवसरमा शुभकामनासमेत दिएका छन् ।















प्रतिक्रिया