८ कार्तिक २०८३, आइतबार

हत्या आरोपमा तीनजना पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । दैलेखको भैरवी गाउँपालिकामा एक युवकको हत्या आरोपमा तीनजना पक्राउ परेका छन् ।

बिहीबार भैरवी गाउँपालिका–४ सिलंगीमा भएको झडपका क्रममा सुर्खेतको वीरेन्द्रनगर–२ का २० बर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको थियो।

प्रहरीले क्षेत्रीको हत्या आरोपमा भैरवी गाउँपालिका–४ का झपिन शाही, धर्मराज अधिकारी र मनिषा रिजाललाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।