३० आश्विन २०८३, शुक्रबार

खाद्यान्नको मूल्य बढ्यो, कुन-कुन बस्तुको मूल्य बढ्यो (हेर्नुस तालिकासहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

food

काठमाडौँ, २२ जेठ । भूकम्पपछि केही समय स्थिर रहेको दैनिक उपभोग्य वस्तुको मूल्यमा पछिल्लो समय १० प्रतिशतले वृद्धि भएको छ ।

दाल र खाने तेलको भाउ भारतमा नै वृद्धि भएकाले यहाँ पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् । उनीहरुका अनुसार थोक मूल्यमा (होलसेलर) मात्र परिवर्तन भएको हो । थोक बिक्रेताकाले खासगरी दालमा प्रतिकिलो रु १० देखि रु १२ र भटमासको तेलको मूल्य प्रतिलिटर सोहीअनुसार बढेको छ । खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रामान बज्राचायले गत वैशाख १५ भन्दापछि दाल तथा तेलको मूल्यवृद्धि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतमा मूल्य बढेकाले नेपालमा पनि उपभोक्ता मूल्यभन्दा पनि थोक मूल्यमा वृद्धि भएको हो ।” अन्य खाद्य पदार्थको मूल्यमा कुनै परिवर्तन नभएको पनि अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी पछिल्लो समय गोलभेँडामा पनि भारी मूल्यमा दोब्बर मूल्यवृद्धि भएको छ । त्यसैगरी फलफूल तथा अन्य तरकारीको मूल्य पनि वृद्धि भएको छ । चामल र अन्य खाद्य पदार्थको मूल्यमा पनि परिवर्तन भएको छैन ।