१ कार्तिक २०८३, आइतबार

नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि नेपालले यूएईलाई १६३ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनायो ।

नेपालका लागि ओपनर ब्याटसम्यान कुशल भुर्तेलले ५० रन बनाए । भुर्तेल २९ बलमा ३ छक्का र ६ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेर आटउ भएका थिए ।

यसैगरी, दिपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहित पौडेलले १८, सोमपाल कामिले १३, सन्दीप जोरालेले १० रन बनाएका थिए । आशिफ शेखले ७, कुशल मल्लले १, गुलशन झाले ५ रन बनाएका थिए ।

करण केसी २१ र अभिनास बोहोरा शुन्य रनमा नटआउट रहे ।

युएईका बलर आयन खानले ३ विकेट लिएका थिए भने अलि नासीर र जाहूर खानले २-२ विकेट तथा जुनैद सिद्धिकीले एक विकेट लिए ।