१ कार्तिक २०८३, आइतबार

अर्धशतक प्रहार गरेका कुशल भुर्तेल आउट

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । यूएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालको तेस्रो विकेट गुमेको छ ।

जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालको तेस्रो विकेट गुमेको हो ।

नेपालका कुशल भुर्तेल ५० रन बनाएर आउट भए । उनले २९ बलमा ३ छक्का र ६ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

यसअघि नेपालका कुशल मल्ल एक रन र ओपनर ब्याटसम्यान आशिफ शेख ७ रनमा आउट भएका थिए । जारी खेलमा नेपालले ७.४ ओभरमा तीन विकेटको क्षतिमा ७२ रन बनाएर खेलिरहेको छ ।