१ कार्तिक २०८३, आइतबार

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । उनलाई बिहीबार हृदयघात भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । तत्कालै अस्पताल पुर्याए पनि शुक्रबार मध्यरात उनको निधन भएको थियो ।

६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङ गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए । एक दशक चीनको प्रधानमन्त्री रहेका उनी आर्थिक सुधारवादी नेताको रुपमा छबि बनाएका थिए । राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ सीपीसीका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आएका थिए ।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए । तर पछिल्लो समय राष्ट्रपति सी चिनफिङसँग उनको सम्बन्ध त्यति सुमधुर थिएन । उनी पूर्वराष्ट्रपति हु जिन्ताओ निकट मानिन्थे । गत पार्टीको कंग्रेस बैठक स्थलबाटै हु जिन्ताओलाई निकालिएको थियो ।