१ कार्तिक २०८३, आइतबार

जनकपुरको बेलामा युवकको शव फेला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ९ कात्तिक । जनकपुरमा एकजना युवकको शव फेला परेको छ ।

बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव मृत फेला परेको प्रहरीले जनाएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार मृतक भेटिएको ती युवकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन् ।

उनका अनुसार मृतक युवकको मुखबाट रगत निस्किएको र घटनास्थलको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद देखिएको छ । घटना गएराति नै भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।