१ कार्तिक २०८३, आइतबार

बैतडीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्युु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ७ कात्तिक । बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्युु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मंगलबार मृत भेटिएका छन् । चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका–५ कद्वारस्थित भीरबाट दुई सय मिटर तल मृत भेटिएका हुन् ।

सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । चन्दको भीरबाट लडेर मृत्युु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यस्तै भीरबाट लडेर पाटन नगरपालिका वडा नं ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका वडा नं २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेको लिसान्गड भीरबाट लडेका थिए ।

भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।