२७ कार्तिक २०८३, शुक्रबार

इजरायलमा ज्यान गुमाएका तीन जना विद्यार्थीको शव काठमाडौं आइपुग्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली मध्ये तीन जनाको शव काठमाण्डौ आइपुगेको छ ।

गएराति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेकोे हो भने आज बिहान लोकेन्द्रसिंह धामी र दिपेशराज विष्टकोे शव काठमाडौं आइपुगेको हो । आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार जनाको शव फ्लाई दुबईको जहाजमार्फत् नेपाल पठाएको हो ।