१ कार्तिक २०८३, आइतबार

नेपालले हङकङलाई दियो २१४ रनको विशाल लक्ष्य

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । नेपालले हङकङलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो ।

नेपालका लागि कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका थिए ।

कुशल मल्लले ४१ बलमा ९२ रन बनाएर आउट भएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ५७ रन बनाएका थिए ।

त्यसैगरी आशिफ शेखले २०, कुशल भुर्तेलले २, सोमपाल कामीले ८, कप्तान रोहित पौडेलले ११ रन बनाएका थिए ।