
काठमाडौं, ४ कात्तिक । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले हङकङविरुद्धको खेलमा टस जितेको छ ।
मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
यसअघिका दुई खेल जितेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा छ ।
नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।
आजको खेलमा हङकङलाई पराजित गरेमा नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।















प्रतिक्रिया