१ कार्तिक २०८३, शनिबार

त्रिकोणात्मक सिरिज : नेपाल र हङकङ भिड्दै

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । त्रिकोणात्मक टी-२० सिरिजमा आज शनिबार घरेलु टोली नेपाल र हङकङ भिड्दै छन् ।

खेल बिहान ११ बजेदेखि मुलपानी मैदानमा सुरु हुनेछ ।

यसअघिका दुई खेल जित्दै सानदार सुरुआत गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा छ ।

नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा हङकङलाई पराजित गरेमा नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।

टी-२० विश्वकप छनोटको तयारी स्वरुप आयोजित सिरिजमा नेपाल, यूएई र हङकङ सहभागी छन् ।

नेपालले कात्तिक ६ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ । हङकङ र युएईबीच कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ । अंकतालिकाको शीर्षमा रहने दुई टोलीले उपाधिका लागि कात्तिक १० गते त्रिवि मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।