३ कार्तिक २०८३, मंगलबार

असनमा गम्भीर बिरामी भेटिएका दुईजना भरियाको उपचारका क्रममा मृत्यु

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, ३ कात्तिक । काठमाडौंको असनमा गम्भीर बिरामी भेटिएका दुईजना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।

आज बिहान दुईजनालाई गम्भीर अवस्थामा फेला पारेपछि प्रहरीले उद्वार गरी अस्पताल पुर्‍याएको थियो ।

मृत्यु हुनेमा दोलखाको कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन्।

उनीहरू असन क्षेत्रमा भरियाको काम गर्दै आएका थिए ।