८ कार्तिक २०८३, आइतबार

गृहमन्त्री श्रेष्ठलाई आइसियूबाट जनरल वार्डमा सारियो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । चीनमा हृदयघात भएर उपचाररत उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थयमा निरन्तर सुधार आइरहेको छ ।

चीन भ्रमणमा गएका श्रेष्ठलाई बुधबार राति हृदयघात भएपछि बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल उपचार भइरहेको छ ।

स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको छ ।

उनको मुटुको बायाँ धमनीमा ‘स्टेनोसिस’ देखिएपछि ‘स्टेन्ट’ राखिएको राखिएको थियो।