१७ कार्तिक २०८३, मंगलबार

एमालेले प्रभावित जिल्लामा थप स्वयंसेवक खटायो, को-कहाँ खटिए (हेर्नुस तालिकासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Building

काठमाडौं, २१ जेठ । नेकपा (एमाले)को जारी राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्तर्गत सम्पूर्ण पदाधिकारीलाई थप नयाँ जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यक्षेत्र तोकिएको जिल्लामा जाने स्वयंसेवकहरुले सम्बन्धित जिल्लाका संयोजक र टोली नेताहरुसँग सम्पर्क र समन्वय गरी जिम्मेवारी बहन गर्न एमालेले थप निर्देशन दिएको हो । साथै निर्देशन अनुसार उद्दार क्षेत्रको तथ्याङ्क संकलनको जिम्मेवारी पनि दिइएको राष्ट्रिय स्वयंसेवक परिचालन अभियानका संयोजक पार्टी सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।

एमालेले पार्टीका पोलिट्ब्युरो सदस्य, केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद तथा सभासद्, पूर्वमन्त्री, स्थानीय निकायका पूर्व पदाधिकारी, पूर्व केन्द्रीय निकाय र पूर्व विभागका सदस्यहरुलाई कार्यक्षेत्र तोकेर थप जिम्मेवारी दिई विहीबार देखिनै प्रभावित क्षेत्रमा खटाएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

एमालेले जारी अभियानलाई प्रभावकारी र परिणाममुखी बनाउन कुनै जिम्मेवारी नतोकिएका सदस्यहरुलाई आफ्नो पायक पर्ने क्षेत्रमा जारी स्वयंसेवक अभियानमा योगदान गरी केन्द्रीय कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

एमालेद्धारा विहीबार परिचालन गरिएका स्वयंसेवक टोली यसप्रकार छन् । एमालेले जारी गरेको विज्ञप्तीमा जस्ताको तेस्तै :

प्रेस नोट

१. नेकपा (एमाले)को जारी राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्तर्गत पार्टीका पोलिट्ब्युरो सदस्य, केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद तथा सभासद्, पूर्वमन्त्री, स्थानीय निकायका पूर्व पदाधिकारी, पूर्व केन्द्रीय निकाय र पूर्व विभागका सदस्यहरुलाई निम्नबमोजिम कार्यक्षेत्र तोकी अभियानमा खटाइएको छ । पार्टीका जिल्ला कमिटीका अध्यक्षहरुले अभियान सञ्चालित जिल्लाहरुमा नै जिम्मेवारी बहन गरिरहनुभएको तथा सम्बन्धित जिल्लाका इन्चार्जहरु समेत खटिरहनुभएको विदितै छ । भूकम्पको प्रभाव कम परेका अञ्चल र जिल्लाका जिम्मेवार कमरेडहरुलाई पनि प्रभावित जिल्लाहरुमा जिम्मेवारी तोकिएको छ । जारी अभियानलाई प्रभावकारी र परिणाममुखी बनाउन कुनै जिम्मेवारी नतोकिएका कमरेडहरुले समेत आफ्ना पायक पर्ने क्षेत्रमा जारी स्वयंसेवक अभियानमा योगदान गरी केन्द्रीय कार्यालयमा जानकारी गराउनुहुनेछ । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले यसअघि जारी गर्नुभएको अपिललाई हृदयंगम गर्दै सबै कमरेडहरुले जारी अभियानमा योगदान गरेको विवरण समेत प्रस्तुत गर्न आह्वान गरिएको छ । कार्यक्षेत्र तोकिएको जिल्लामा जाने कमरेडहरुले सम्बन्धित जिल्लाका संयोजक र टोली नेता कमरेडहरुसँग सम्पर्क र समन्वय गरी जिम्मेवारी बहन गर्न राष्ट्रिय स्वयंसेवक परिचालन अभियानका संयोजक पार्टी सचिव कमरेड गोकर्ण विष्टले निर्देशित गर्नुभएको छ ।

कार्यक्षेत्र तोकिएको जिल्ला :

– अनुगमन
मोदनाथ प्रश्रित, भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, प्रदीप नेपाल, राधाकृष्ण मैनाली ।

– रसुवा
बैजनाथ चौधरी, छेवाङ तेन्जेन तामाङ्ग, जनार्दन ढकाल, दामोदर भण्डारी, कृष्ण पौडेल, छवाङ तेन्जिङ तामाङ, रामलखन हरिजन,
डा. गोपाल खनाल  ।

– रामेछाप
मोहन बानियाँ, हंशबहादुर शाही, कमला कुमारी घिमिरे, धनबहादुर बुढा, मीनबहादुर शाही, कमलप्रकाश सुनुवार, गोरख वोेगटी, मिन ब. शाही, पिताम्बर तिमल्सेना, भगीरथ सापकोटा, गोरखबहादुर बोगटी, टेन्डी शेर्पा ।

– स्याङ्जा
पद्मा अर्याल, गजकुमारी गुरुङ, चन्द्रबहादुर गुरुङ, रामबहादुर थापा, सिता सुन्दास, कुमारी टेकु नेपाली, डा.गणेशमान गुरुङ, पद्मा अर्याल
सीता सुन्दास ।

– बाग्लुङ
भुपेन्द्र थापा, मना केसी, नरबहादुर थापा मगर, नरदेवी पुन, नरदेबी पुन मगर ।

– ओखलढुंगा
बलदेब चौधरी, लिलानाथश्रेष्ठ, रामरतीदेवी राम, धर्मनाथ प्रसाद शाह, उदय नेपाली श्रेष्ठ, रामचन्द्र यादव, बलवीरप्रसाद चौधरी
रामरति राम, कमलादेवी महतो, रामप्रित पासवान, जगदीशप्रसाद कुसियत ।

– मकवानपुर
दिनेश राई, अनन्त प्रसाद पौडेल, जय प्रकाश थारु, नजमा खातुन, श्रीचन्द्र शर्मा, हरि भण्डारी, टेकप्रसाद चौलागाई, ललित बस्नेत, अच्यूत मैनाली, रामचन्द्र साह तेली, डोरमणी पौडेल, डा. वंशीधर मिश्र, कल्याणी खड्का, दिनेश राई, प्रल्हाद गिरी, रामचन्द्र राई ।

भोजपुर
जयन्ती राई ।

– भक्तपुर
डम्बरसिंह सम्बाहाम्फे, नजिर मियाँ, मोहम्मद महफुज अन्सारी, तैयव हुसेन, जुनैद अन्सारी, केदार प्रसाद सञ्जेल, बालचन्द्र मिश्र
डा. लालु पौडेल, डा. युवराज संग्रौला, मोहन केसी, गणेश बस्याल, दिवाकर देवकोटा, भिमलाल गुरुङ, भिमबहादुर थापा, मोहमुद्दिन अली
जुनैद अन्सारी, घनेन्द्र बस्नेत, हिक्मत कार्की, जीवन घिमिरे, सिराज अहमद फारुकी, राजेन्द्र राजथला ।

– नुवाकोट
बद्री मैनाली, राजेन्द्र प्रकाश लोहनी, नारायण खतिवडा, राजेन्द्र गौतम ।

– पाल्पा
कृष्ण पौडेल, रामचन्द्र आचार्य, नारायणी घिमिरे, गोपीरमण उपाध्याय, बालकृष्ण चापागाई, बृहस्पति अधिकारी, सोमप्रसाद पाण्डे
विष्णु पन्थी, राजु गुरुङ्ग, बालकृष्ण चापागाईं, तिलक आचार्य ।

– पर्वत
गणेश तिमिल्सिना, गोविन्दबहादुर नेपाली, कल्पना शर्मा जोशी, नवराज शर्मा ।

– सिन्धुपाल्चोक
मेटमणी चौधरी, शम्भु गौतम, भैरवसुन्दर श्रेष्ठ, राजवहादुर बुढा, अम्मर बहादुर थापा, अमर शर्मा देवराज भार, दलबहादुर सुुनार, अनन्त यात्री विक, भीम केसी, अनारकली मिया, सुधीर शाह, सूर्य ढकाल, मानबहादुर बाठा, गुलावजङ्ग शाह, केदार खत्री क्षेत्री

– सिन्धुली
दीपनारायण शाह, शारदा झा, दिलबहादुर जोशी, पलट चौधरी, मञ्जु यादव, रामचरित्र साह, डा. राजकिशोर साह, केशवप्रसाद देवकोटा
रघुवीर महासेठ, गंगाप्रसाद यादव, रविन्द्र वैठा, दुलारी देवी ।

– चितवन
डा. वंशीधर मिश्र, कृष्णभक्त पोख्रेल, विजय सुवेदी, कल्याणी मिश्र त्रिपाठी, देवी ज्ञवाली, रमाकान्त सापकोटा, रेवन्त झा ।

– लमजुङ
सीता गिरी ओली, जमिन्द्रमान घले, डा. भीष्मनाथ अधिकारी, टुकाभद्रा हमाल

– ललितपुर
सरला केसी, राधा सिलवाल, लक्ष्मी केसी, नागेन्द्र चौधरी, भागवत विश्वासी, निरा जैरु, पुरणसिंह दयाल, अफिलाल अखेडा,
कृष्णचन्द्र शर्मा, निर्मलकुमार विश्वकर्मा, प्रा.डा. महेशराज दाहाल, पुष्पज्योति ढुंगाना, केशरबहादुर साउद, ज्ञानेन्द्र कार्की
सुरेन्द्रराज भट्टराई, दीपकचन्द्र अमात्य, खेमराज खरेल, परितोष पौडेल, खेम पाठक, रमेश पोखरेल, गरिमा शाह, प्रभा बज्राचार्य
ईश्वरी भट्ठराई, शरण राई, रमेश सिलवाल, प्रमेश हमाल, गणेश विश्वकर्मा, मिठाराम केसी ।

– काठमाडौं
ताराकान्त चौधरी, बालगोपाल थापा, शम्भु श्रेष्ठ, विजय चालिसे, हिमाञ्चल भट्टराई, डा. उपेन्द्र कोइराला, काशीनाथ रिमाल, जगन्नाथ आचार्य, प्रतिककुमार राना, भिक्टर प्रधान, देशभक्त खनाल, टंक दुलाल, डिल्ली उप्रेती, कुन्दन अर्याल, जुद्धबहादुर गुरुङ, विजय सिलवाल
गोविन्द सुवेदी, भुपेन्द्रकुमार खड्का, जनक चौधरी, रामकुमारी महर्जन, टीकाराम रिजाल, निर्मलप्रकाश सुवेदी, वासु गिरी, प्रमिला बस्नेत, शारदाप्रसाद सुवेदी, दिनेशचन्द्र देवकोटा, सविताकुमारी रेग्मी, माया केसी, डा. शोभाकान्त ढकाल, अप्सरा पाण्डे, देवान राई, ईश्वरी खनाल, विष्णुभक्त फुँयाल, गौरा प्रसाई कोईराला, गोमा देवकोटा, महिन लिम्बु, आशा यादव, गौरीकुमारी ओली , जीवनकुमारी घिमिरे,
तारादेवी राई, ईन्दिरा फुयाल, नारायण देवकोटा, विजयकान्त मैनाली, रविनारायण खनाल, रिमाकुमारी नेपाली, गोकर्ण अर्याल, नविनप्रकाश पौडेल, डा. नेत्रप्रसाद तिम्सिना, प्रा. डा.दुर्गादत्त ढकाल, सरला यादव, रमेश बस्नेत, तुलसा दाहाल, शार्दुल भट्टराई,  वसन्त नेम्वाङ्ग, डिल्ली घिमिरे, सुनिल राई, शान्ति अधिकारी, भेषराज अधिकारी, रञ्जु ठाकुर, इन्दिरा श्रेष्ठ, शर्मिला कार्की, दुर्गा परियार
रक्षा बस्याल, विद्या भट्टराई, निलमशेखर अधिकारी, बालिका गिरी, विन्दु तिमल्सिना, लक्ष्मी राई, तारा पोखरेल, चेतनारायण राई, गुरु वराल, चक्रबहादुर श्रेष्ठ, हरिबोल बडाल, भरतकुमार श्रेष्ठ, डिबी बस्नेत, लोकविक्रम थापा, तर्कबहादुर शाही, महेश नेपाल, सोम लुईंटेल
केशवराज खनाल, गणेश सिंह ठगुन्ना, भैरववहादुर सिंह, तुलाराज विष्ट, डा. केशवराज खड्का, मोहनलाल शर्मा, लालबहादुर विश्वकर्मा
सूर्यचन्द्र न्यौपाने, कमल अर्याल, ज्योति बानिया, अजयक्रान्ति शाक्य, रविन्द्र अधिकारी, नारद वाग्ले, युवराज बाँस्कोटा, पासाङ शेर्पा
शान्ता राई (परियार), उर्वादत्त पन्त, भानुभक्त जोशी, अञ्जनीकुमार राई, शिव गुरुङ, भानुभक्त ढकाल, ज्ञानबहादुर भुजेल, पुरुषोत्तम न्यौपाने, हरिप्रसाद भण्डारी, सिताराम नेपाल, सविता अधिकारी, मेदिनी काफ्ले, वामदेव ज्ञवाली, दिनेशचन्द्र यादव, डा. प्रभा हमाल, हर्कबहादुर रावल, नारायण नेपाल, गोविन्द शर्मा ‘बन्दी’, रीता मैनाली, हरि उप्रेती, कमला तुलाधर, लालबाबु यादव,
पुरुषरत्न बज्राचार्य, पूर्णशोभा चित्रकार, कुलचन्द्र अधिकारी, केबी उप्रेती, बद्री कोइराला, टिकाराम भट्टराई, मिलन राई, शान्ता मानवी,
दुर्गाकुमारी थापा, सानुराजा पोखरेल, ध्रुव बिष्ट, रामचन्द्र नेपाल, कमला पराजुली, हिमाञ्जन भट्टराई, घनश्याम पाण्डे, सरोज उपाध्याय
हरि वैरागी दाहाल. सुरेश कार्की, मिलनराज तुलाधर, कल्याण रोका, डा. प्रेम शर्मा, विदुर मैनाली, जिवेन्द्रदेव गिरी, कृपाराम राना,
सपना प्रधान मल्ल, बाबुराम पाण्डे, शिव जैशी, श्यामप्रसाद गिरी, दीपकराज सुवेदी, रामेश्वर रिजाल, सोफिया आचार्य, राजु बराल,
एलबी रावत, झगबहादुर थापा मगर, हङकङ राना, धनप्रसाद तामाङ, नवराज गेलाल, शंकर सुवेदी, परशुराम उपाध्याय, लक्ष्मण रायमाझी,
अग्नी पराजुली. अशोक शाही, कुमार थापा, डा. मुकुन्द पन्थी, डा. गुप्तबहादुर श्रेष्ठ, डा. श्याम रेग्मी, डा. झलक शर्मा, डा. बुद्धिमान श्रेष्ठ
मधु गुरुङ, चन्द्रलाल केप्छाकी, डम्बर पहारी परियार, शान्तकुमार राई, नारायण परिश्रमी परियार, भीमलाल पौडेल, केशवबहादुर रायमाझी,
चन्द्र रिजाल, बेदुराम भुसाल, बसन्त मानन्धर, लक्ष्मीदास मानन्धर, रामप्रसाद श्रेष्ठ, महेश्वर पाठक, रामकुमार ज्ञवाली, सीता पौडेल ,
राजेन्द्र गौतम, लक्ष्मण ज्ञवाली, गोविन्द कोइराला, केशव स्थापित, कृष्णप्रसाद जैशी , मिरा ध्वोजु, रविन्द्र अधिकारी ।

– नवलपरासी

विनोद श्रेष्ठ, उद्धव केसी, जनक चौधरी, देवराज घिमिरे, विनोद शाह ।

– काभ्रे
डम्बरध्वज तुम्बाहाम्फे, अप्सरा चापागाइँ, नारायण पाण्डे, डम्बर सम्वाहाम्फे, रविन कोइराला, अम्बिका खवास राजवंशी,
इच्छाराज तामाङ्ग, गणेश कुमार काम्बाङ, दीपक कार्की, पदमप्रसाद पौडेल, केपी. सापकोटा, दीपक कार्की ।

– तनहुँ

टुकराज सिग्देल, कलिला खातुन ।

– गोरखा

चुडामणी जंगली, भीम कार्की, सम्झना देवकोटा, प्रभा कोइराला, इन्द्रलाल सापकोटा, यादवबहादुर बस्नेत, डा.दुमनसिंह थापा क्षेत्री,
दिलशोभा पुन(खड्का), आदित्यनारायण कसौधन ।

– खोटाङ

राजन राई, विशाल भट्टराई, उषाकला राई ।

– धादिङ
लालवहादुर थापा, प्रेमवहादुर आले, लक्ष्मी पोखरेल, विक्रम शाही, टिकाराम चेम्जोङ्ग लिम्बु, धनबहादुर घले, एकराज विश्वकर्मा, इन्द्र खरेल
जगन्नाथ नेपाल, डा. रामकुमार अधिकारी, पार्वती खाँड राई, नेत्रप्रसाद धिताल, कृष्णप्रसाद जैस, प्रकाश शाह, चन्द्रबहादुर गुरुङ, जीवन घिमिरे, शिवमाया तुम्बाहाम्फे, धर्मराज निरौला, ऋषिकेश पोखरेल , चण्डीप्रसाद राई , जीवन श्रेष्ठ , नेत्रप्रसाद पन्थी, कृष्णकुमार राई, श्रीमाया थकाली, देउमान सम्वाहाङ्गफे, गोकुल घर्ती, लीला गिरी, दिनेशचन्द्र यादव, यमलाल कँडेल ।

२. नेकपा (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज ललितपुरमा परिचालित स्वयंसेवकहरुले गरेको पुनःनिर्माण कार्यको अनुगमन गर्नुभयो । नेता नेपालले स्वयंसेवकहरुले गरेको कार्यको उच्च प्रशंसा गर्दै नेकपा (एमाले)ले मुलुकको पुनःनिर्माणमा गरिरहेको कार्य सबैका लागि अनुकरणीय रहेको बताउनुभयो । उहाँले नेपालको पुनर्निर्माणका लागि सम्पूर्ण दल र नेपाली एकजुट हुन आग्रह गर्नुभयो । अहिले विपत्तिबाट पार पाउनका लागि देशमा सहमतिकासाथ राष्ट्रिय सरकारको निर्माण गर्नुपर्ने औंल्याउनुभयो । अब नयाँ नेपाल निर्माणका लागि नयाँ संविधान र पुनःनिर्माणको कार्यलाई विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्ने उल्लेख गर्दै यसका लागि राष्ट्रिय सरकार आवश्यकता रहेको बताउनुभयो ।
३. ललितपुर जिल्लामा स्वयंसेवक टोलीले गरेका कार्यको अभियानका संयोजक कमरेड गोकर्ण विष्ट, केन्द्रीय सदस्य ठाकुर गैरे र सुशीला नेपालले अनुगमन गर्नुभएको छ । उक्त अवसरमा संयोजक विष्टले स्वयंसेवकले गरेका कार्यको प्रशंसा गर्नुभयो ।
आज विभिन्न जिल्लामा मुख्य रुपमा निम्नबमोजिम कार्य सम्पादन गरिएको छः
काठमाडौं ः क्षेत्र नं. ४ मा परिचालित १२० जनाको स्वयंसेवक टोलीले कपनमा ११ वटा क्षतिग्रस्त घर भत्काएको छ भने एकवटा अस्थायी घर निर्माण गरेको छ ।
क्षेत्र नं. ६ को धर्मस्थलीमा स्थानीय र युवा संघ दुवैका टोली मिलेर ग्रामसेवा माविसँगैको फुटबल मैदानमा एक सय जना बालबच्चा अट्ने हल निर्माण गरिएको छ । उक्त हलमा बालबच्चाका निम्ति मनोवैज्ञानिक परामर्श लगायत मनोरञ्जनका कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । उक्त माविको भग्नावशेषबाट झन्डै छ ट्रक सामान सुरक्षित समेत गरेका छन् ।
क्षेत्र नं. ७ मातीनवटा विद्यालयका टहरा निर्माण भइरहेका छन् । शान्ति शिक्षा मन्दिर ठहिटी, नेपाल युवक मावि पकनाजोल र नागार्जुन मावि जीतपुरका कक्षा कोठा र टहरा निर्माणको काम दुई दिनदेखि भइरहेको र नागार्जुन माविका टहरा आज साँझसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
क्षेत्र नं. ८ स्वयम्भूमा ज्ञानमाला भजन खलको घर भत्काउने काम भइरहेको छ भने विजेश्वरीमा श्याम गौतमको घर भत्काएर त्यसमा छाचना लगाउने काम भएको छ । वडा नं. १३ को चख्खु गल्लीमा सुरेश महर्जन र बाल महर्जनका धराप घर भत्काइएको छ ।
क्षेत्र नं. १० चन्द्रागिरी नपा वडा नं. ९ मा ५ वटा घर सफाई गरिएको छ । कीर्तिपुर नपा वडा नं. ३ मा एउटा घर सफाई गरिएको छ ।
ललितपुर ः क्षेत्र नं. १ को गोदावरी गाविस–२ मा २ वटा क्षतिग्रस्त भरको भग्नावशेष हटाउने काम भएको छ भने दुईवटा अस्थायी घर निर्माण गरिएको छ । ललितपुर डुकुछाप कुचुवुटोलमा ५ वटा क्षतिग्रस्त घरको भग्नावशेष हटाउने कार्य भएको छ ।
क्षेत्र नं. २ मा अहिलेसम्म १ सय ६५ वटा भूकम्पबाट क्षतिग्रस्त धरापमा परेका घरको स्वयंसेवक टोलीले भग्नावशेष हटाएको छ भने १२ घर परिवारका लागि अस्थायी घर निर्माण गरेको छ । एउटा विद्यालयको ८ आठा अस्थायी भवन बनाएको छ । ललितपुर जिविसका पूर्व सभापति माधव पौडेलको संयोजकत्व र पेसागत महासंघका महासचिव शिव अधिकारीको नेतृत्वमा पेसागत क्षेत्रका स्वयंसेवकहरुको टोलीले जसम्म गरेका कार्यको पत्रकार भेटघाट कार्यक्रममार्फत् सार्वजनिक गरेको छ ।
नुवाकोट ः क्षेत्र नं. १ को ककनी गाविसस्थित सरस्वती माविको भग्नावशेष हटाई २ कोठा अस्थायी भवन निर्माण भएको छ भने थानपति गाविसमा सफाई गर्ने काम भएको छ ।
सोलुखुम्बु ः स्वयंसेवक टोलीले निर्माण गरेको भकाञ्जे गाविस–९ किंजबजारस्थित बुढाकिञ्ज निमाविका ९ कोठा अस्थायी भवन गरेकोमा पार्टी सचिव तथा सोलुखुम्बु जिल्लाका अनुगमकर्ता कमरेड पृथ्वीसुब्बा गुरुङले आज हस्तान्तरण गर्नुभयो ।
रसुवा ः रसुवा जिल्ला भोर्ले गाविस वडा नं. ५ मा ४ र वडा नं. ४ थाल्चेतमा ३ वटा अस्थायी घर निर्माण भएका छन् । यीमध्ये बृद्धबृद्धा, एकल महिला र अपांगता भएका व्यक्तिको लागि अस्थायी घर निर्माणगरिएको छ । नवलपरासीबाट आएको टोलीले देउराली प्राविको भग्नावशेष हटाई अस्थायी भवन निर्माण गरेको छ ।
दोलखा ः क्षेत्र नं. १ को माली गाविसस्थित भुवनेश्वरी प्राविको भग्नावशेष हटाई निर्माण कार्य सम्पन्न भएको छ ।
रामेछाप ः कर्णाली अञ्चलबाट रामेछापमा खटिएको स्वयंसेवक टोलीले अमर सहिद गंगालालको नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलालको जन्मस्थल भंगेरीमा पुगी सो क्षेत्रको सरसफाई गर्ने कार्य सम्पन्न ग¥यो । उक्त टोलीले रामेछापबजारस्थित गौरीशंकर उच्च माविका भग्नावशेष हटाई दुईकोठा अस्थायी भवन निर्माण गरेको छ ।
गोरखा ः नेकपा (एमाले) जिल्ला कमिटी गोरखाले भूकम्प प्रभावित सबै गाविसमा आफ्ना सम्पूर्ण संगठित सदस्यलाई पुनःनिर्माण अभियानमा खटाउने भएको छ । आफ्ना सम्पूर्ण संगठित सदस्यलाई कम्तिमा ५ दिन स्वयंसेवकका रुपमा पुनःनिर्माण कार्यमा लाग्न आह्वान गरेको छ ।
गाईखुरको पौवाटारमा बाल कल्याण निमाविको क्षतिग्रस्त दुईतले भवनको माथिल्लो तला भत्काएर भुईतलामा कक्षा सञ्चालन गर्ने गरी सफाई, मर्मत र छानो हाल्ने काम सम्पन्न भएको छ । यहाँ प्रगति प्राविको भवन सफा गरिएको छ । तारेघाटमा तीनजना लाटालाटीका लागि दुईवटा अस्थायी घर र एक विपन्न परिवारको आवास बनाइएकोछ ।
केराबारी गाविस–२ मा महेन्द्रज्योति निमावि भीरसिंको भग्नावशेष हटाएर छ कोठा भवन सफा गरिएको छ । सोही गाविस–८ मा सपन गुरुङ, आइतलाल गुरुङ, पदम कुँवरका घर भत्काइएको छ । केराबारीमा हिजो र आज गरी ३७ वटा अस्थायी घर निर्माण गरिएको छ । त्यहाँ शिवशक्ति आमा समूहको क्षतिग्रस्त भवन भत्काएर टहरा निर्माण गरिएको छ ।
नारेश्वरमा पाँचवटा विद्यालयका भवन भत्काएर चारवटा विद्यालयका लागि कक्षा कोठा निर्माण गरिएको छ । नारेश्वरमा वृद्ध, असहाय, अपाङ्गका लागि २५ वटा अस्थायी घर निर्माण गरिएको छ । अश्राङमा पनि क्षतिग्रस्त विद्यालय भवन भत्काइएको छ ।
लमजुङ ः क्षेत्र नं. १ को स्वयंसेवक टोलीले परेवाडाँडामा ५० घरपरिवारका लागि ५० वटा अस्थायी घर निर्माण गरेको छ । क्षेत्र नं. २ को गौडा गाविसमा १५ वटा घर पुनः निर्माण गरेको छ ।
धादिङ ः थाक्रे गाविसमा खटिएको स्वयंसेवक टोलीले ३ वटा अस्थायी घर निर्माण गरेको छ भने एउटा घरको भग्नावशेष हटाएको छ । र, २ वटा घर मर्मत गरी बस्नयोग्य बनाएको छ ।
तनहुँ ः एमाले कार्यकर्ताले निर्माण गर्ने घरहरु कम्तिमा २ बर्ष बस्न हुने खालको हुने बताइएको छ । घर निर्माणको लागि एमालेले क्षेत्र नम्बर १ मा १ सय जना, क्षेत्र नम्बर २ मा १ सय जना र क्षेत्र नम्बर ३ मा १ सय ५० जना स्वयंसेवक सम्बन्धित क्षेत्रीय कमिटीमार्फत परिचालन गरेको छ । यसबाहेक पार्टीका १८ वटा मोर्चा संगठनले पनि स्वयंसेवक परिचालन गरेका छन् । मोर्चा संगठनमध्ये सबैभन्दा धेरै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र क्युपेक नेपालले ७५ जना निर्माण मजदुरहरु परिचालन गरेको छ ।
युवा संघ नेपालले ५० जना, अनेरास्ववियु, अनेमसंघ, अखिल नेपाल किसान महासंघले २५÷२५ जना स्वयंसेवकहरु परिचालन गरेका छन् । पार्टीका अन्य सम्पूर्ण मोर्चा संगठनले पनि आवश्यकताअनुसार ५ देखि २० जना स्वयंसेवकहरु परिचालन गर्ने भएका छन् । तनहुँमा करिब ९० वटा अस्थायी सुरक्षित टहरा निर्माण गरिसकिएको छ ।

सूर्य थापा
उपप्रमुख
केन्द्रीय प्रचार समिति