
काठमाडौं, २ कात्तिक । प्यालेस्टाइन नियन्त्रित गाजामा रहेको एक अस्पतालमा भएको आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पतालमा आक्रमण गरी निहत्था नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको भन्दै घटनाको निन्दा गरेको हो ।
सरकारले शोक सन्तप्त परिवारप्रति समवेदना पनि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नेपाल शान्तिमा विश्वास गर्ने बताउँदै विवादको समाधान वार्तामार्फत गर्न सरकारले जोड दिएको छ ।
‘हामी नागरिकविरुद्धको आक्रमणको बारेमा गम्भीर रूपमा चिन्तित छौँ। सबै परिस्थितिमा नागरिकको सुरक्षाको लागि आह्वान गर्दछौं। हामी शान्तिमा विश्वास गर्छौं र विवादको वार्ताका माध्यमबाट शान्तिपूर्ण समाधान गर्न आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।















प्रतिक्रिया