
काठमाडौं, २ कात्तिक । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । योसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा पुगेको छ ।
यसअघि हिजो बुधबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी १५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो चाँदी ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया