
काठमाडौं, २ कात्तिक । त्रिकोणात्मक टी-२० सिरिजमा आज बिहीबार घरेलु टोली नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।
बिहान ११ बजेदेखि मुलपानी मैदानमा सुरु हुने खेलमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । हङकङको भने यो पहिलो खेल हो ।
यसअघि हिजो बुधबार नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले पराजित गरेको थियो ।
टी-२० विश्वकप छनोटको तयारी स्वरुप आयोजित सिरिजमा नेपाल, यूएई र हङकङ सहभागी छन् ।
नेपालले कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ । हङकङ र युएई कात्तिक ५ र ८ गते एकअर्काको सामना गर्नेछन् ।
अंकतालिकाको शीर्षमा रहने दुई टोलीले उपाधिका लागि कात्तिक १० गते त्रिवि मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।















प्रतिक्रिया