
काठमाडौं, २ कात्तिक । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ ।
बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरेका थिए । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितलगायतको उपस्थिति रहेको थियो ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंक हो । बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् ।
बैंकले देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।















प्रतिक्रिया