१ कार्तिक २०८३, आइतबार

आफ्नै दाजुमाथि खुकुरी प्रहार गर्ने भाइ पक्राउ

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १ कात्तिक । आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

गत असोज २८ गते साँझ मकवानपुरको बागमती गाउँपालिका-९ बेतनी बस्ने ४७ वर्षीय जिवनबहादुर तुमसिंहले आफ्नै दाजु ४८ वर्षीय अशोक तुमसिंहलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

खुकुरी प्रहारबाट अशोकको घाँटी र दाहिने हातमा चोट लागेको छ । उनलाई थप उपचारका लागि हेटौंडा अस्पतालबाट चितवन रिफर गरिएको छ ।

खुकुरी प्रहार गरी जिवन फरार रहेका थिए । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार जिवनलाई इलाका प्रहरी कार्यालय फापरबारीले पक्राउ गरेको र हेटौंडास्थित जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।