३० आश्विन २०८३, शुक्रबार

रोजगारीका लागि मलेसिया पुगेका मानबहादुरको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiyaकाठमाडौं, २१ जेठ । रोजगारीको सिलसिलामा मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।

नवलपरासी घर भएका मानबहादुर विकको ट्रकको ठक्करबाट सोमबार मृत्यु भएको हो । २१ दिन अगाडि ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विकको उपचारको क्रममा मलेसियाको पेनाङमा मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् ।

मानवहादुर सात वर्षदेखि पेनाङ्गको वुकिट तम्बुनस्थित युवान हिन कम्पनीमा कार्यरत थिए । बाटो काट्ने क्रममा ट्रकको ठक्कर दिएको थियो । उनको शवलाई पोष्टमार्टमपछि नेपाल ल्याउने तयारी भइरहेको छ ।