
काठमाडौं, ३० असोज । हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेको भिडियो सार्वजनिक गरेको छ । अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो । हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ ।
भिडियोमा एउटी महिलाले आफ्नो नाम माया शेम हो, उनी २१ वर्षकी र इजरायलको शोहम सहरकी हुन् भनी बताएकी छिन् ।
इजरायलको एउटा पार्टीबाट हमासले आफूलाई बन्धक बनाएको उनले बताइन् । उनले भिडियोमा रिहाइको लागि अपिल गरेकी छन् । भिडियोमा हातमा चोट लागेको महिलाको उपचार भइरहेको फुटेज पनि समावेश छ ।
एक बयानका अनुसार इजरायली सेनाले मायालाई हमासले अपहरण गरेको र सेना उनको परिवारसँग सम्पर्कमा रहेको पुष्टि गरेको छ । सेनाले विज्ञप्तिमा भनेको छ, ‘यस समयमा हामी सबै बन्धकहरूलाई फिर्ता गर्नका लागि सबै गुप्तचर जानकारी र परिचालन उपायहरूमा काम गरिरहेका छौं ।’ एजेन्सी















प्रतिक्रिया