काठमाडौं, २१ जेठ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय गोदाममा आगो लागेको छ ।
विहीबार अपराह्न ४ बजेतिर काठमाडौंको पूरानो बसपार्कमा रहेको विद्युत प्राधिकरणको गोदाममा आगो लागेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता कमलसिंह बमले दिएको जानकारी अनुसार काठमाडौं महानगरका तीनवटा दमकलको सहायताले नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागीबाट लाखौको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।













प्रतिक्रिया