१ कार्तिक २०८३, शनिबार

एसीसी यू–१९ प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । एसीसी यू-१९ प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको हो ।

लगातार दोस्रो जितका साथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा छ। बहराइनले दिएको ७८ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा देव खनाल २७ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे।

नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ । समूहको विजेता सेमिफाइनल पुग्नेछ ।