
काठमाडौं, २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीबीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री नियुक्त भएलगत्तै काठमाडौं आएका कार्कीले आज बिहान ओली निवास बालकोटमै पुगेर भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीलाई धन्यवाद दिएका छन् ।
कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।















प्रतिक्रिया