६ कार्तिक २०८३, शुक्रबार

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डमा २०% नगद फिर्ता योजना सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । नेपालीहरूको महान् चाड बडादसैँलाई लक्ष्य गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम २ सय नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले विकास बैंकको एउटा कार्डबाट अधिकतम २ सयसम्म नगद फिर्ता पाउन सक्नेछन् । नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतुले सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कात्तिक ०८० सम्म रहेको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकको दसैँ किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ । हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।