
सोलुखुम्बु, २७ असोज । मनाङ एयरको हेलिकोप्टर आज शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ ।
बिहान सवा ७ बजे रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ४ को लोबुचेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा हेलिकोप्टर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने पाइलट प्रकाश सेढाइँ घाइते भएका छन् ।
उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो ।
हेलिकप्टरमा पाइलट सेढाइँ मात्रै थिए ।















प्रतिक्रिया