३ कार्तिक २०८३, मंगलबार

अनुशासनहीनता र अराजकताले पार्टी अगाडि बढ्न सक्दैन : केपी शर्मा ओली (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बसेर संगठनलाई मान्दिँन भन्न नपाउने बताएका छन् ।

शुक्रबार ललितपुरमा पार्टीको स्कुल विभागले आयोजना गरेको कार्यक्रममा ओलीले पार्टीमा बसेर महासचिव, उपमहासचिव मान्दिँन भन्नु संगठन विपरीत भएको भन्दै अनुशासनहीन र अराजकताले पार्टी अगाडी बढ्न नसक्ने बताए ।

पार्टीको अनुशासन नमान्ने व्यक्ति पार्टीको कार्यकर्ता हुन नसक्ने उनको भनाइ छ । ओलीले पार्टी सञ्चालन गर्न जनवादी केन्द्रीयता आवश्यकता रहको धारणा राखे ।

उनले पार्टीको संरचना स्वीकार गर्न नसकिए विधि र नितिहरुको पालना हुन नसक्ने जिकिर गरे । ओलीले पार्टीबाट प्रशिक्षित भएका व्यक्ति चेतनाको दियो भएर उभिन सक्नुपर्ने धारणा राखे ।