
काठमाडौं, २६ असोज । इजरायलमा रहेका २५४ नेपाली विद्यार्थीहरूलाई नेपाल सरकारले शुक्रबार बिहान स्वदेश ल्याएको छ ।
स्वदेश आएपछि उनीहरुले खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएका छन् । नेपाली विद्यार्थीहरुल इजरायलको द्वन्द्व क्षेत्रमा निकै खतरा रहेकाले अन्य नेपालीहरुलाई पनि छिटो नेपाल ल्याउनुपर्ने बताएका छन् ।
आफूहरू इजरायलमा बस्दा बाँच्ने सम्भावना नै नदेखिएको उनीहरुको भनाइ छ । इजरायलका केही ठाँउमा बंकर समेत नहुँदा आफूहरू त्रसित हुने गरेको विद्यार्थीहरुले भावुक हुदै सुनाएका थिए ।
खाना र पानी सकिएपछि आफूहरुको अवस्था झन नाजुक बन्दै गएपछि दूतावासलाई पटक पटक मेल गरको उनीहरुले बताए । सेकेण्ड सेकण्डमा भएको बम आक्रमणपछिको अवस्था वर्णन नै गर्न नसक्ने उनीहरुको भनाइ छ ।















प्रतिक्रिया