
काठमाडौं, २५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणका बारेमा सरकारको जवाफ माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले नेपालले जारी गरेको चुच्चे नक्साभित्र पर्ने कुटी र गुञ्जीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेकोप्रति सरकारले जवाफ दिनुपर्ने माग गरेका हुन् ।
लामिछानेले छिमेकी राष्ट्रका प्रधानमन्त्री नेपालको भूमिमा आउँदा सरकारले जनता र सदनलाई जानकारी गराउनु पर्दैन ? भन्दै प्रश्नसमेत गरे ।
लामिछानेले भारतीय प्रधानमन्त्री नेपालको नक्सामा रहेको नेपालको भूभागमा आउँदा सरकार बेखबर रहेको भन्दै आपत्ति जनाए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान कालापानीको गुञ्जी लगायतमा क्षेत्रको भ्रमण गरेका थिए ।















प्रतिक्रिया